Thursday, October 24, 2024

प्राकृतिक स्रोत साधन दोहन छानविन गर्न समिती गठनको माग

मोरङ — प्रदेश सभासदहरुले प्राकृतिक स्रोत साधन दोहनको विषयमा छानबिन गर्नका लागि एक अधिकार सम्पन्न समिती गठन गर्न माग गरेका छन् ।
उनीहरुले विभिन्न स्थानमा कानुन विपरीत स्रोत साधनको दोहन भएको भन्दै यसले वातावरणमा गम्भीर असर गरेको वताएका छन् । प्रदेशसभा सदस्य कुलप्रसाद लिम्बू , उपेन्द्रप्रसाद घिमिरे र सूयर्माराज राईले संयुक्त विज्ञप्ति जारी गर्दै यहाँको खोलानदीको दोहनको विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको वताएका छन् । ‘संविधान कार्यान्वयनको चरणमा रहेको मुलुकमा ऐन, कानुनको अभावको अनुचित लाभ उठाउँदै प्राकृतिक स्रोतसाधनको चरम दोहन र आर्थिक चलखेल गर्दै आएको पाइएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा अगाडी भनिएको छ, ‘खदम खोला, चिसाङ, डाँस, बक्राहा, सोल्टी, बुढी, जिरिखिम्ती, गछियालगायतका खोलानदीमा अवैध रूपमा ढुंगा, गिट्टी, बालुवा उत्खनन र निकासी भइरहेको समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’ उनीहरुले खोलानदीको अनियन्त्रित उत्खननले वातावरणमा क्षति पुगेको उल्लेख गरेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार