Friday, October 25, 2024

डडेल्धुरामा २० वर्ष पुरानो फोहर बल्ल उठाइयो

 

डडेल्धुरा –डडेल्धुरा जिल्ला सदरमुकाममा रहेको २० वर्ष पुरानो फोहर सोमबार सफा गरिएको छ ।

बीसवर्ष पहिले नाली निर्माण भएपछि थुप्रिएको सदरमुकामको फोहर सोमबार अमरगढी नगरपालिकाको पहलमा सरसफाइ गरिएको हो । डडेल्धुराको अमरगढी नगरपालिकाले बजार व्यवस्थापन तथा सरसरफाइको अभियानलाई तीव्रता दिएसँगै बसपार्कको नालीमा रहेको पुरानो फोहरलाई सफा गरिएको अमरगढी नगरपालिकाले जनाएको छ ।

२० वर्ष अघि अमरगढी नगरपालिकामा निर्माण भएको बसपार्कको नाली फोहर हुँदा यात्रु तथा चालकले सास्ती खेप्दै आइरहेका थिए ।

नालीमाथि राखिएको स्ल्याब जीर्ण बनी सवारीसाधन निकाल्न अप्ठ्यारो भइरहेको थियो । अहिले अमरगढी नगरपालिकाले जीर्ण भएका स्ल्याब हटाएर फोहर सफा गरेको हो । फोहरका कारण बसपार्कमा यात्रुलाई एकछिन उभिन पनि असजिलो हुने गर्दथ्यो ।

लामो समयदेखि नालीमा रहेको फोहर नउठ्दा तथा स्ल्याब जीर्ण भएपछि नगरपालिकाले अहिले अभियाननै चलाएर समस्या समाधान गरेको हो । उक्त अभियान सञ्चालन भएपछि यात्रु तथा सवारी चालकलाई सहज हुने नगरपालिकाका प्रमुख विश्वेश्वरप्रसाद ओझा जानकारी दिए । अब केही समयमै जिल्ला सदरमुकाममा रहेको अव्यवस्थित बजार तथा फोहरको समस्या समाधान हुने नगरप्रमुख ओझाले दावी गरे । रासस

तस्बिर : बरुण पनेरु

ताजा समाचार

सम्बन्धित समाचार