बल्ल भित्रियो मनसुन

६ असार, काठमाडौँ ।

नेपालमा यस वर्षको मनसुन प्रणाली एक साता ढिलो भित्रिएको छ ।

नेपालमा मनसुन भित्रिने औसत क्यालेन्डर जुन १३ तारिख भए पनि यस वर्ष औसत मितिभन्दा ६ दिन ढिलो गरी शुक्रबार साँझ (५ असारमा) भित्रिएको हो । हाल कोशी प्रदेशका केही भागमा मात्र प्रभाव रहेको मनसुन अन्यत्र फैलिन अझै केही दिन लाग्ने छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन प्रणाली हाल कमजोर अवस्थामा छ । मनसुन प्रणाली कमजोर रहेकाले अन्य भू–भागमा विस्तार हुन अझै केही दिन लाग्ने महाशाखाले जनाएको छ ।

यस पटक नेपालमा औसत भन्दा कम वर्षा हुने विभागको प्रक्षेपण छ । नेपालमा मनसुन अवधिमा औसत १ हजार ३ सय ८२ मिलिमिटर वर्षा हुने विभागको अभिलेख छ ।

ताजा समाचार

सम्बन्धित समाचार