चिडियाखानामा बर्ड फ्लु पुष्टि, अवलोकन बन्द

५ असार, ललितपुर।

जावलाखेलस्थित सदर चिडियाखानाका जीवजन्तुमा बर्ड फ्लु देखिएको छ ।

यहाँका जीवजन्तुमा बर्ड फ्लुको समस्या पुष्टि भएपछि चिडियाखाना अवलोकन बन्द गरिएको छ । के कति र कस्ता जनावरमा बर्ड फ्लुको समस्या देखिएको विस्तृत विवरण आउन समय लाग्ने चिडियाखाना प्रशासनले जनाएको छ ।

संक्रमण देखिएको पुष्टि भएपछि चिडियाखानाको भ्रमणका आगन्तुकहरूमा समेत स्वास्थ्य समस्या हुन सक्ने ठहर गर्दै चिडियाखाना बन्द गरिएको यहाँका एक अधिकारीले बताए । ‘अवस्था सुधार नहुन्जेलसम्म बन्द गरिएको हो । अवस्था सामान्य भएपछि आम सर्वसाधारणले अवलोकन कार्य गर्न सक्नु हुनेछ’, ती अधिकारीले भने ।

चिडियाखानाको व्यवस्थापन राष्ट्रिय प्रकृति संरक्षण कोषले गर्दै आएको छ । बर्ड फ्लुको समस्या पुष्टि भएपछि कोषले शुक्रबार (५ असारमा) विशेष सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्म चिडियाखाना बन्द गरिएको जनाएको छ ।

जीवजन्तुमा बर्ड फ्लु लगायतका संक्रमण पुष्टि भएपछि विगतमा भारत र अन्य देशले पनि यस्तै सूचना जारी गर्दै आम सर्वसाधारणका लागि चिडियाखानाको अवलोकन बन्द गरेका उदाहरण छन् ।


ताजा समाचार

सम्बन्धित समाचार