Friday, October 25, 2024

लुम्बिनी काठमाडौं भन्दा प्रदूषित

ललितपुर– काठमाडौँ उपत्यकामा भन्दा लुम्बिनीमा वायु प्रदूषणको मात्रा बढी पाइएको छ । वातावरण विभागको वायुको अवस्था मापन गर्ने स्टेशनको एक वर्षको तथ्याङ्क हेर्दा लुम्बिनीमा प्रदूषणको मात्रा बढी पाइएको हो ।

उद्योगले निकाल्ने धुवाँ र धुलोका कारण लुम्बिनीमा प्रदूषण बढी पाइएको विभागकी उपमहानिर्देशक सफला श्रेष्ठले वताइन् । काठमाडौँ उपत्यकामा सात, पोखरामा तीन, सौराहा, लुम्बिनी र धुलिखेलमा एउटा–एउटा स्टेशन छन् ।

गत वर्ष जडान भएको ती यन्त्रको एक वर्षको नतिजा हेर्दा सबैभन्दा लुम्बिनीमा वायु प्रदूषण बढी पाइएको हो । त्यस क्षेत्रमा भएका उद्योग नै प्रदूषण गराउने प्रमुख कारक भएको पाइएको छ ।

उनका अनुसार सीमा नजिकका ठाउँमा छिमेकी मुलुकबाट समेत धुलोधुवाँ आउने सम्भावना हुन्छ । तर कति यहाँको धुलो र कति उताबाट आउँछ भन्ने अहिलेसम्म अध्ययन हुन सकेको छैन । यसका लागि विस्तृत अध्ययन गर्नुपर्ने उनको भनाई छ । नेपालभित्रै भएका उद्योगको समेत कहाँ–कहाँ कस्ता उद्योग छन् र तिनले कस्ता प्रदूषण गराएका छन् भन्ने एकीकृत तथ्याङ्क छैन ।

सौराहा, पोखरा र धुलिखेलभन्दा काठमाडौँ उपत्यकामा वायु प्रदूषणको मात्रा बढी पाइएको छ । काठमाडौँ उपत्यकामा भने गर्मी महिनामा भन्दा जाडो महिनामा वायु बढी प्रदूषित पाइएको छ । विभागले यो आर्थिक वर्षमा थप चार स्थानमा स्टेशन राख्ने योजना बनाएको छ । रासस

ताजा समाचार

सम्बन्धित समाचार