संरक्षकर्मी हमालको निधन

१५ चैत, काठमाडौँ।

संरक्षणकर्मी चन्द्रजंग हमालको निधन भएको छ ।

‘समृद्ध पहाड’ संस्थाका योजना अधिकृत उनको लेक लागेर निधन भएको हो । जुम्लाको कनकासुन्दरी गाउँपालिकाका ३३ वर्षीय हमालको ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ स्थित लोनाक क्षेत्रमा खटिएका बेला निधन भएको प्रहरीले पुष्टि गरेको छ ।

ताप्लेजुङको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी जटाशंकर यादवका अनुसार हमाल कञ्चनजंघा संरक्षण क्षेत्र आयोजनामा कार्यरत थिए । शनिबार (१४ चैतमा) फिल्डमा खटिएका बेला लेक लागेर बिरामी भएका उनको घटनास्थलमा निधन भएको उनले बताए ।

हमाल ५ महिनायता ताप्लेजुङमा कार्यरत थिए । उनको शव परीक्षणसहित अन्य कानूनी प्रक्रियाका लागि काठमाडौँ ल्याइएको छ । हमाल विगतमा विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालका फिल्ड अफिसरका रूपमा डोल्पामा कार्यरत थिए ।

ताजा समाचार

सम्बन्धित समाचार