वरिष्ठ वन अधिकृत भट्ट पक्राउ

२ चैत, काठमाडौँ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहमाथि घुस मागेको आरोप लगाउने वरिष्ठ डिभिजन वन अधिकृत कृष्णदत्त भट्ट पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले उनलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयबाट पक्राउ गरेको हो । मुख्यमन्त्री शाहका स्वकीय सचिव प्रयागराज खनालले भट्टविरूद्ध दिएको विद्युतीय अपराधसम्बन्धी जाहेरी आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भट्टलाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखिएको छ । भट्टले मुख्यमन्त्रीमाथि घुस मागेको आरोपपछि उद्योग मन्त्रालयले उनलाई स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण बुझाउन मन्त्रालय पुगेका बेला उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

भट्टले हालै एक सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा मुख्यमन्त्री शाहले आफूसँग ५ लाख रूपैयाँ मागेको र रकम नदिएपछि पूर्वाग्राही भएर आफ्नो सरूवा गरिएको आरोप लगाएका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार