Monday, February 9, 2026

एक सय ३७ गोही राप्तीमा छाडिए

२० माघ, चितवन।

चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा हुर्काइएका १ सय ३७ गोहीलाई राप्तीमा छाडिएका छन् ।

पछिल्लो पटक सोमबार (१९ माघमा) २० वटा गोही छोडिएको छ । यससँगै यस आर्थिक वर्षमा हालसम्म १ सय ३७ वटा गोही प्राकृतिक बासस्थानमा छाडिएको छ ।

ती गोही राप्ती नदीमा छाडिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए । उनका अनुसार प्रजनन केन्द्रमा हुर्काइएका गोहीलाई प्राकृतिक बासस्थानमा छाड्ने गरिन्छ ।

यस पटक छोडिएका गोहीहरू सबै पोथी हुन् । मगरका अनुसार केन्द्रमा हुर्काएका २ हजार २ दुई सय ७ गोही हालसम्म नदीमा छाडिएको छ ।

केन्द्रमा नदी किनारबाट संकलन गरेका गोहीका अण्डा र केन्द्रमा नै रहेका गोहीबाट जन्मिएका बच्चाहरूलाई हुर्काएर प्राकृतिक बासस्थानमा छाड्ने गरिन्छ । प्रजनन केन्द्रमा हाल ६ सय ३० गोही छन् ।


रासस

ताजा समाचार

सम्बन्धित समाचार