Tuesday, January 20, 2026

वन संरक्षकको विभत्स हत्या

१९ पुस, काठमाडौँ ।

सर्लाहीको सागरनाथ वन विकास परियोजनामा कार्यरत वन संरक्षक रामेश्वर महतोको हत्या भएको छ ।

जंगलमा रूख काटेको आवाज आएपछि साइकलसहित घटनास्थल तर्फ गएका उनी मृत भेटिएका हुन् । सशस्त्र प्रहरी बलको टोलीले खोजी गर्दा गाउँबाट करिब २ सय मिटरभित्र विभत्स ढंगले ४७ वर्षीय महतोको हत्या भएको भेटेको हो ।

बन्चरोले घाँटी छिनाएर हत्या गरिएको अवस्थामा उनको शव भेटिएको हो । राति अबेरसम्म पनि टाउको भेटिएको छैन ।

यादव बिहान ५ बजेतिर वन अनुगमनमा निस्किएका थिए । उनी करारमा कार्यरत वन हेरालु हुन् ।

ताजा समाचार

सम्बन्धित समाचार