२६ मंसिर, काठमाडौँ ।
रिक्त रहेको करिब ३ महिनापछि वन तथा वातावरण मन्त्रालयले मन्त्री पाएको छ ।
अन्तरिम सरकारको वन मन्त्रीमा माधव चौलागाईं मन्त्री नियुक्त भएका छन् । जुम्लाका चौलागाईं जनस्वास्थ्यविद् हुन् । शुक्रबार दिउँसो (२६ मंसिर)मा उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिए ।
जेनजी आन्दोलन पश्चात वर्तमान अन्तरिम सरकार गठन भएपश्चात वन मन्त्रालयको जिम्मेवारी समेत प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्दै आएकी थिइन् ।
नव नियुक्त मन्त्री चौलागाईं त्रिभुवन विश्वविद्यालयबाट मानवशास्त्रमा एमफिल गरिरहेका छन् । उनी कर्णाली क्षेत्रको ऐतिहासिक, भाषिक, सामाजिक–सांस्कृतिक विविधताको अध्ययन अनुसन्धानमा क्रियाशिल छन् ।





