Friday, October 25, 2024

पर्वतारोही जापानी नागरिकको मृत्यु

काठमाडौं– सगरमाथा आरोहणमा निस्किएका एक जापानी नागरिकको मृत्यु भएको छ।

सगरमाथा आरोहणमा निस्किएका नोगो काजु गुरुकीको सोमबार बिहान ७ बजेतिर ज्यान गएको पर्यटन विभागका प्रवक्ता रामप्रसाद सापकोटाले जानकारी दिए ।

उनको हृदयघातका कारण निधन भएको भनिए पनि एकीन हुन नसकेको सापकोटाले हाकाहाकीलाई बताए। मृतक गुरुकीको शव ल्याउने तयारी भइरहेको पर्यटन विभागले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार