Friday, October 25, 2024

पर्यटक तान्न चिनियाँ भाषामा वेवसाइट

काठमाडौं । चिनियाँ पर्यटकहरुलाई आकर्षित गर्ने उदेश्यले नेपाल पर्यटन वोर्डले चिनियाँ भाषामा वेवसाइट निर्माण गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रविन्द्र अधिकारीले सोमबार सो वेवसाइटको उद्घाटन गरेका छन् । पछिल्ला वर्षहरुमा नेपालमा चिनियाँ पर्यटकहरुको संख्यामा उल्लेख्य वृद्धि भएको छ । सो वेवसाइटको शुरुवात गदै मन्त्री अधिकारीले यसले चिनियाँ पर्यटकहरुको संख्या वृद्धि गर्न यसले महत्वपूर्ण योगदान गर्ने वताए । सो कार्यक्रममा नेपालका लागि चिनियाँ राजदुतको समेत उपस्थिती थियो ।
नेपालका मुख्य पर्यटकिय गन्तव्यहरु, चिनियाँ रेष्टुरेन्ट, गाइड सर्भिस, एयरलाइन्स लगायतका सुचनाहरु चिनियाँ भाषामा नै उपलब्ध हुनेछन् । सन् २०१८ को जनवरी महिनादेखि मार्चसम्म ३६ हजार ३ सय ८४ पर्यटकहरु नेपाल भ्रमणमा आएका थिए । त्यही अवधीमा ३४ हजार भारतीय पर्यटकहरुले नेपालको भ्रमण गरेका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार