Wednesday, September 3, 2025

बाढीले सोलुखुम्बुका ५ घर बगायो

१६ भदौ, काठमाडौं ।

आइतबार रातिदेखिको वर्षासँगैको बाढीले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ मा ५ वटा घर बगाएको छ ।

थामे खोला थुनिएर तलाउ बनेर ओभर फ्लो हुँदा खोला किनारका घर बगाएको हो । थप ५ घरमा आंशिक क्षति पुगेको गाउँपालिकाले जनाएको छ ।

खोलाको नियमित बहाव थुनिएर तलाउ बनेको पानी ‘ओभर फ्लो’ भएर धार परिवर्तन गरेर बग्दा तटीय क्षेत्रमा कटान गरेको पालिकाले विज्ञप्तिमार्फत बताएको छ ।

खोला किनार आसपासका बासिन्दालाई घटना हुनु अगावै सुरक्षित ठाउँमा सारिएकाले मानवीय क्षति हुन नपाएको जिल्ला प्रहरी कार्यालयको भनाइ छ । बाढीले सो क्षेत्रको विद्युत प्रशारण र सञ्चार सेवा समेत अवरुद्ध भएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार