Thursday, October 24, 2024

बीस वर्षपछि भाजु पोखरीको पुनः निर्माण सुरु

भक्तपुर : भक्तपुर नगरपालिकाले भाजु पोखरीको पुनः निर्माण गर्न निर्णय गरेको बीस वर्षपछि बल्ल निर्माण कार्य सुरु गरेको छ ।

नगरपालिकाले आ.व.२०५४/२०५५ मा पोखरीको पुनः निर्माण गर्ने निर्णयसँगै कामको थालनी गरेको थियो । विभिन्न कारणले पोखरीको पुनः निर्माण रोकिएकोले पुनः निर्माण कार्य थालेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले आ.व. २०७४/७५ भित्रै भाजुपोखरीको पुनः निर्माण गरिसक्ने लक्ष्य लिएको छ ।

सिद्धपोखरीको छेउमै रहेको भाजु पोखरीको पुनः निर्माण हुन नसक्दा पोखरी खेलमैदानमा परिणत भएको थियो । निवार्चन पछि यसको निर्माणमा उपभोक्ता समिति सम्पदा विभाग र भक्तपूर नगरपालिकालले जोड दिएका छन् ।

भक्तपूर उपभोक्त समितिका अध्ययक्ष राम प्रसाद दुमरुले अहिले पोखरीमा पानी लैजाने योजना भइरहेको र पानी चुहिन नदिनका लागि कालो माटो राख्ने काम भइरहेको बताए ।

भाजुपोखरीको पुनः निर्माणका लागि ११ लाख बजेट छुटाएको उपभोक्ता समिति सम्पदा विभागका कोषाध्यक्ष रञ्जन वडेलले जानकारी दिए । भक्तपूर नगरभित्र रहेको ३४ वटा साना ठूला पोखरी मध्ये यसलाई पनि महत्वपूर्ण मानिन्छ ।

चैतदेखि भाजुपोखरीको पुनः निर्माण सुरु भएको हो । भाजुपोखरीबाट उत्खनन गरी निकालिएको ऐतिहासिक सामान संरक्षण नहुँदा केहि अवशेषहरु हराइसकेकोले स्थानीय बताउँछन् ।

(तामाङ्ग प्रशिक्षार्थी विद्यार्थी हुन्)

ताजा समाचार

सम्बन्धित समाचार