Thursday, October 24, 2024

घरघरमै धारा जडान भएपछि स्थानीय हर्षित

पाँचथर– पाँचथरको फिदिम नगरपालिका–११ स्थित डाँडागाउँमा घरघरमा धारा निर्माण भएपछि त्यस क्षेत्रका स्थानीय हर्षित भएका छन् ।
त्यस वडामा रहेका ६९ घरधुरीका प्रत्येक घरमा धारा निर्माण भएपछि स्थानीय हर्षित भएका हुन् । यस्तै एउटा मुहान र चारवटा बिपी ट्यांकी निर्माण गरिएको छ ।
ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फन बोर्ड) तथा हुसाडेक नेपालको रु ३६ लाख ५० हजार आर्थिक सहयोग, तथा स्थानीयको रु २३ लाख जनश्रमदान र प्रशासनिक खर्च रु एक लाख ५० हजार गरी कूल रु ६१ लाखको लागतमा आयोजनाको निर्माण सम्पन्न भएको हो ।
गत ०७४ असारमा शुरु भएको आयोजना १० महिनापछि ०७४ चैतमा सकिएको जल वर्ने खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष यज्ञविक्रम न्यौपानेले जानकारी दिए ।
यसअघि धारा निर्माण हुनुपूर्व त्यहाँ पानीको विकराल समस्या रहेको उनले बताए । कुवाको पानी बोकेर खानुपर्ने बाध्यता रहेको थियो तर अब त्यो समस्याबाट मुक्त भएका छन् । रासस

ताजा समाचार

सम्बन्धित समाचार