Sunday, September 8, 2024

हात्तीले चार घरमा क्षति

३० असार, झापा

बिर्तामोड नगरपालिका–७स्थित डाँडागाउँमा हात्तीले ४ वटा घरमा क्षति पु–याएको छ । आइतबार राति आएका ४ जंगली वटा हात्तीले घरमा क्षति पु–याएको हो ।

हात्तीले ती घरमा क्षति पु–याउँदा ३ लाख १० हजार रूपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए । उनका अनुसार हात्तीले स्थानीय नवराज लिम्बू, डम्बर विक, सोनु सुनुवार र खगेन्द्र घिमिरेको घरका पर्खाल भत्काएको छ ।

साथै घरभित्रका अन्नपातसमेत नष्ट गरेको उनले बताए । घटनाको जानकारी पाएपछि प्रहरी घटनास्थल पुगेको थियो ।


रासस

ताजा समाचार

सम्बन्धित समाचार