Thursday, October 24, 2024

सगरमाथा आरोहण गर्नेको संख्या डेढ सय पुग्यो

सोलुखुम्बु– सगरमाथा आरोहणको पाँचौ दिन विहिबार १८ आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् ।
विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा गएका दुई समूहका १८ जानाले शिखरमा पाइला टेक्न सफल भएको सरकारका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।
विहिबार आरोहण गर्नेमा आठ नेपाली र आठ विदेशी रहेको छन् । आजसम्मको तथ्याङ्कअनुसार यस वर्ष १५९ जनाले सगरमाथाको सफल आरोहण गरेका छन् । सबैभन्दा बढी बुधबार एकैदिन ९४ जना आरोहीले सगरमाथाको सफल आरोहण गरेका थिए । यस वर्षको वसन्त ऋतुमा १५ जना नेपाली महिलासहित ३४६ जनाले सगरमाथा आरोहणका अनुमति लिएका छन् ।रासस

ताजा समाचार

सम्बन्धित समाचार