Thursday, October 24, 2024

रेडियो सगरमाथाले २२ औँ वार्षिक उत्सव मनाउँदै

ललितपुर– नेपाल वातावरण पत्रकार समुहले सञ्चालन गर्दै आएको दक्षिण एसियाको पहिलो स्वतन्त्र सामुदायिक रेडियो, रेडियो सगरमाथाले जेठ ९ गते आफ्नो स्थापना दिवस मनाउने भएको छ । आगामी वुधबार सगरमाथा २१ वर्ष पूरा गरी २२ औँ वर्षमा प्रवेश गर्दैछ । वार्षिक उत्सवको दिन युवा पुस्तामा रेडियोको आकर्षण र रेडियोलाई युवाहरुले कसरी लैजानुपर्छ भन्ने विषयमा छलफल कार्यक्रमको आयोजना गरीएको स्टेसन म्यानेजर सहजमान श्रेष्ठले जानकारी दिए ।

‘नेपाली रेडियो नेपाली आवाज’को परिचय पाएको रेडियो सगरमाथालाई अब समयको वहावसँगै ‘समयसँगै नेपाली आवाज’ बनाइएको पनि स्टेसन म्यानेजर श्रेष्ठले बताए ।

वि.स. २०५२ सालबाटै परिक्षण प्रसारण शुरू गरेको रेडियो सगरमाथाले २०५४ साल जेठ ९ गतेबाट बिधिवत रुपमा १०२ थोप्लो ४ मेगाहर्जमा औपचारीक नियमित प्रसारण शुरू गरेको हो । रेडियो सगरमाथामा सुचनामुलक, जानकारीमुलक र मनोरन्जनात्मक कार्यक्रम तथा समाचारहरु प्रसारण भैरहेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार