Thursday, October 24, 2024

यसरी मनाइँदैछ वातावरण दिवस

काठमाडौं– विश्व वातावरण दिवसको अवसरमा जेठ १६ गतेदेखि साताव्यापी विभिन्न कार्यक्रमहरुको आयोजना गरीने वातावरण विभागले जनाएको छ ।

विभागले जेठ १६ गते प्रधानमन्त्री वा सभामुखको उपस्थितीमा कुचो लगाएर अभियानको शुरुवात गर्ने तयारी गरीरहेको छ ।

सबै सरकारी कार्यालयमा फोहोर संकलन गर्न बाल्टी वितरण गर्ने कार्यक्रम रहेको विभागका महानिर्देशक दुर्गाप्रसाद दवाडीले जानकारी दिए । जेठ १७ गते विभिन्न मन्त्रालयहरुको अपनत्व हुने गरी अन्तरक्रिया कार्यक्रमको आयोजना गरिने छ ।

१८ गते जिल्ला वन कार्यालय काठमाडौंको सहकार्यमा बाग्मती तथा विष्णुमती नदी किनारामा वृक्षारोपण गर्ने गरीने छ । २० गते वन तथा वातावरण मन्त्री बस्नेतंले सिंहदरबारको पश्चिम गेटमा सवारी साधनको प्रदूषण परीक्षण गर्ने कार्यतालिका छ ।

त्यसपछि सवारी साधनको प्रदूषण परीक्षणले निरन्तरता पाउने महानिर्देशक दुवाडीले जानकारी दिए । जेठ २१ गते दिवसका दिन वातावरण सम्बन्धी चेतनामूलक साइकल ¥याली गरेपछि विभिन्न कार्यक्रम तथा सम्मान कार्यक्रमको आयोजना गरिने विभागले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार