Thursday, October 24, 2024

अवैध क्रसर उद्योग अध्ययन गर्न समिति गठन

मोरङ– जिल्ला प्रशासन कार्यालयले अवैध रुपमा सञ्चालनमा रहेका क्रसर उद्योगको वारेमा अध्ययन गरी प्रतिवेदन पेश गर्न एक समिति गठन गरेको छ ।

जिल्ला क्रसर उद्योगहरुले अवैध रुपमा प्राकृतिक स्रोत एवं साधनको दोहन गरीरहेको आम गुनासोपछि जिल्ला प्रशासन कार्यालयले सरोकारवाला पक्षहरुसँगको छलफलपछि समितिको गठन गरेको हो ।

घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सुशीला श्रेष्ठको संयोजकत्वमा गठन गरिएको समितिलाई एक महिनाभित्र मापदण्ड नमान्ने क्रसर उद्योगहरुको बारेमा प्रतिवेदन तयार पार्न भनिएको छ ।

स्थानीयवासी र मिडियामा आएको समाचारको आधारमा जिल्ला अवैध रुपमा कसर उद्योग सञ्चालनमा रहेको पाइएको प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार