Thursday, October 24, 2024

वन्यजन्तुका अंगको अवैध संकलन रोक्न माग गर्दै सर्वाेच्चमा मुद्दा दायर

काठमाडौं – घर एवं कोठाको शोभा बढाउन दुर्लभ वन्यजन्तुको अंग प्रयोग भईरहेको भन्दै त्यसलाई रोक्न माग गदै सर्वाेच्च अदालतमा मुद्धा दायर भएको छ ।

संरक्षणविद् कुमार पौडेलेले वुधवार सो मुद्धा दायर गदै दुर्लभ वन्यजन्तुका अंगहरु संकलन गर्ने र सजावटमा प्रयोग गर्ने व्यक्तिहरुलाई कडा कानुनी कारवाहीको माग गरेका छन् ।

विभिन्न व्यक्तिहरुले वन्यजन्तुका अंगहरु घरमा राखेको पाइएको सो कार्य रोक्न माग गदै आफुले मुद्धा दायर गरेको पौडेलले वताएका छन् । विशेषगरी काठमाडौंका केही उच्च वर्गले दुर्लभ जनावरका अंगहरुलाई कोठाको सजावटमा प्रयोग गरेको पाइएको छ । वन्यजन्तुका ओखेटोपहार संकलन तथा प्रयोग गर्नु राष्ट्रिय निकुञ्च तथा वन्यजन्तु संरक्षण ऐनको उल्लंघन हो । पौडेलले आफूले टेलिभिजन हेर्दा त्यस्तो दृश्यहरु देखेको र त्यसैको आधारमा मुद्धा दायर गरेको वताएका छन् ।

‘वाघ लगायत दुर्लभ प्रजातिका वन्यजन्तुलाई सजावटको लागि प्रयोग गर्न कानुनले प्रतिवन्ध लगाएपनि संरक्षित वन्यजन्तुको अवैध उत्पादन, व्यापार र प्रयोग नेपालभरी नै एक प्रमुख समस्याको रुपमा रहेको छ,’ पौडेलले भनेका छन् । पौडेलका अनुसार यस्तो कार्य अपराध भएकाले दण्डीत गर्न आवश्यक छ । उनले अवैध कार्यमा लागेका सयौंलाई गिरफतार समेत गरीएको उल्लेख गरेका छन् ।

‘कानुनले कसैलाई पनि विभेद गर्नु हुँदैन् । उच्च सरकारी अधिकारीहरु नै संलग्न भएको पाइएपनि उनीहरुलाई कार्वाही गर्नुपर्दछ । मैले धेरै त्यस्ता मानिस भेटेको छु जसलाई सो कार्य गरेवापत् गिरफतार गरीएको तथा मुद्धा चलाइएको छ ,’ पौडेलले आफ्नो निवेदनमा भनेका छन् ।

मुद्धा दायर गर्नु अगाडी पौडेलले कतै कानुनले वन्यजन्तुका अंग राख्ने अनुमति दिएको छ भनी अध्ययन गरेका थिए । उनका अनुसार अवैध रुपमा वन्यजन्तुका अंगहरु घरमा राख्ने र व्यापार गर्ने उच्च सरकारी अधिकारीहरुलाई सरकारले कार्वाही गर्न सकेको छैन् ।

ताजा समाचार

सम्बन्धित समाचार