Wednesday, October 23, 2024

हात्तीको दाह्रा र रौं तस्करी

४ वैशाख, झापा 

मेचीनगर–१२ स्थित कालिका सामुदायिक वनको सिमसार क्षेत्रमा मृत हात्ती फेला परेको छ । वयस्क भाले हात्तीको दुवै दाह्रा र पुच्छरको रौं काटिएको छ ।

नियोजित रूपमा हात्ती मारेर दाह्रा र पुच्छरको रौं काटिएको प्रहरीको प्रारम्भिक ठहर छ । ‘दाह्रा र रौं नभेटिनु नियोजित हो, थप अनुसन्धान हुँदैछ’, इलाका प्रहरी कार्यालय धुलाबारीका प्रमुख प्रहरी निरीक्षक रोहित शर्माले भने । घटनाको अनुसन्धान अघि बढाउँदै हात्तीको शवको पोष्टमाटम भोलि (बुधबार) गरिने डिभिजन वन कार्यालयले जनाएको छ ।

यो हात्ती २ दिनअघि मारिएको हुनसक्ने अनुमान गरिएको छ । मृत हात्ती ४५ वर्ष उमेर हाराहारीको हो । झापामा गत वर्ष ४ वटा हात्ती मृत फेला परेका थिए । ४ वटै हात्तीको मृत्युको घटनामा विद्युतीय धराप प्रयोग भएको पाइएको थियो । २०६२ यता झापाका विभिन्न भेगमा २० वटा हात्ती मृत भेटिएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार