Thursday, October 24, 2024

मकालु एयरको विमान दुर्घटना, दुईको मृत्यु

काठमाडौं– हुम्लाको सिमीकोट नजिकै मकालु एयरको विमान दुर्घटनामा परेको छ ।

दुर्घटनामा विमानमा सवार चालक दलका दुई सदस्यको मृत्यु भएको छ ।

सुर्खेत विमानस्थलबाट हुम्लाको सिमीकोटका लागि उडेको कार्गो विमान हुम्लाको खार्पुनाथ गाउँपालिका २ बाहुनखर्कमा दुर्घटना भएको हो ।

दुर्घटनामा विमान चालक किरण भट्टराई र सहचालक आदित्य नेपालीको ज्यान गएको हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले हाकाहाकीलाई जानकारी दिए ।

बुधबार बिहान साढे ७ बजे उडेको नाइन एन एजेयु कलसाइन कार्गो विमान अवतरणको ५ मिनेट बाँकी छदा दुर्घटनामा परेको सहायक प्रजिअ पोखरेलले बताए ।

नेपाली सेना, माउन्टेन हेलिकप्टरका दुई जहाज र नेपाल प्रहरीको सहयोगमा विमान खोजी गरिएको थियो । विमान ३ टुक्रा भएको अवस्थामा भेटिएको थियो । दुर्घटनाको कारण भने खुलेको छैन ।

ताजा समाचार

सम्बन्धित समाचार