Thursday, October 24, 2024

आरोहणका क्रममा गाइडको मृत्यु

सल्लेरी, सोलुखुम्बु — मकालु हिमाल आरोहणका क्रममा मंगलबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोलुदूधकुण्ड नगरपालिका–८ केरुङका आङ दावा शेर्पा रहेको छ । आरोहणको क्रममा उनलाई लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिए ।

प्रहरीका अनुसार शेर्पाको मंगलबार बिहान २ बजेतिर लेक लागेर मृत्यु भएको हो । उनी चिनियाँ ग्रुप लिएर संखुवासभा जिल्लामा पर्ने मकालु हिमाल आरोणमा गएका थिए । शेर्पाको शव मंगलबार नै हेलिकप्टरमार्फत तेञ्जिङ हिलारी विमानस्थल लुक्ला हुँदै काठमाडौं लगी शव परीक्षणका लागि शिक्षण अस्पतालमा राखिएको प्रहरीले जनाएको छ .रासस  

ताजा समाचार

सम्बन्धित समाचार