Thursday, October 24, 2024

यातायात समितिको सम्पत्ति खोज्दै सरकार

काठमाडौँ– सरकारले संस्था दर्ता ऐन २०३४ बमोजिम दर्ता भएका यातायात सम्वद्ध संघसंस्थाहरुको नाममा रहेको रकम, शेयर र सम्पत्ति खोजविनलाई थप तिव्रता दिएको छ ।
गृहमन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा‘बादल’, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महाशेठ, नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरिञ्जिवि नेपाल लगायतको उपस्थितिमा बसेको बैठकले यातायात सम्वद्ध संघसंस्थाहरुको चल, अचल शेयर, सम्पत्तिको विवरण १५ दिनभित्र तयार पार्ने निर्णय गरेको छ ।
सो विवरण तयारपारी गृह मन्त्रालय र यातायात व्यवस्था विभागमा पठाउन देशभरका पुमख जिल्ला अधिकारीलाई गृह मन्त्रालयले निर्देशन दिने निर्णय वैठकले गरेको छ ।
यसअघि सिण्डिकेट हटाउने सरकारको निर्णय विरुद्ध आन्दोलनमा उत्रिएका यातायात व्यवसायीहरुले गत बैशाख २१ गते सार्वजनिक यातायात नचलाएपछि सरकारले यातायात समितिहरुले बैंक खाता रोक्का गर्नुका साथै समितिका पदाधिकारीहरुलाई पक्राउ गरेको थियो । सो क्रममा गृह मन्त्रालयको निर्देशन अनुरुप देशभर २४५ वटा यातायात सम्बद्ध संस्थाहरुको बैंक खाता रोक्का गरीएको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार