Wednesday, January 28, 2026

तटबन्ध निर्माण र नदी सम्बन्धी तालिमको लागि भारतको १८ करोड सहयोग

काठमाडौँ– भारतले वाग्मती, लालबकैया र कमला नदीमा तटबन्ध निर्माण तथा नदी तालीमका लागि नेपाल सरकारलाई रु १८ करोड ७४ लाख अनुदान प्रदान गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको उपस्थितिमा उक्त मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा नेपालका लागि भारतका राजदूत मन्जिभसिंह पुरीले सचिव सञ्जय शर्मालाई रु १८ करोड ७४ लाखको चेक हस्तान्तरण गरेका छन् ।

नदी तालीम तथा तटबन्ध निर्माण कार्यले लालबकैया, वाग्मती र कमला नदीमा बाढी नियन्त्रण र जलस्रोत व्यवस्थापन सो सहयोगको उदेश्य हो । जसले यी नदी प्रभावित क्षेत्रमा बसोबास गर्ने लाखौँ जनतालाई लाभ पु¥याउने विश्वास गरिएको छ । साथ,ै भारतले नेपालसँग नदी तालीम, बाढी नियन्त्रण र जलस्रोत व्यवस्थापनका क्षेत्रमा निकट रहेर थप सहकार्य गर्नका लागि प्रतिबद्धता जनाएको छ । रासस

ताजा समाचार

सम्बन्धित समाचार