Thursday, October 24, 2024

दक्षिणी श्रीलंकामा बाढीबाट आठ हजार प्रभावित

कोलम्बो – श्रीलंकाका दक्षिणी जिल्ला गल्ले र कलेतारामा आइतबार भारी वर्षापछि आएको बाढीका कारण आठ हजार भन्दा बढी स्थानीय नागरिक प्रभावित भएका छन् ।

प्रकोप व्यवस्थापन केन्द्रका प्रवक्ता प्रदीप कोदिप्पीलीले सोमबार आएको भारी वर्षाका कारण ती व्यक्ति घर बस्न नसकेका अन्यत्रै सार्नुपरेको उल्लेख गरेका छन् ।

ती क्षेत्रमा बाढीको प्रकोप बढ्नसक्ने अनुमानका कारण उनीहरुलाई सुरक्षित स्थानमा सारिएको उनले जानकारी दिए ।

शनिबारदेखि निरन्तर भएको वर्षा सोमबार बिहान रोकिएको छ । तर थप वर्षा हुने आशंका गरिएको छ । यसका कारण स्थानीयवासीलाई सतर्क रहन पनि भनिएको छ । श्रीलंकामा सन् २०१७ मा कैयौँ जिल्लामा आएको बाढी र पहिरोमा परी २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।
रासस/सिन्ह्वा

ताजा समाचार

सम्बन्धित समाचार