Thursday, October 24, 2024

मौसम पूर्वानुमानः स–साना खोलामा बाढी आउन सक्छ

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले देशको पूर्वी क्षेत्रमा वर्षा हुन सक्ने आँकलन गरेको छ ।

विभागले २४ घण्टाको मौसम पूर्वानुमान गर्दै मंगलबार देशको पूर्वी क्षेत्रमा वर्षा हुने सम्भावना भएकोले स–साना खोलामा बाढी आउन सक्नेतर्फ सर्वसाधारणलाई सचेत गराएको छ ।

विभागले बुलेटिन जारी गर्दै भनेको छ, ‘ससाना खोलामा एक्कासी आउन सक्ने बाढीको सम्भावना यथावत छ । पानी परिरहेको बखत हिँडडुलमा सचेतता अपनाऔं।’

तर, आगामी तीनदिनसम्म मुलुकका ठूला नदीमा बाढीको सम्भावना भने नरहेको विभागले उल्लेख गरेको छ । उसले भनेको छ, ‘देशैभरका ठूला नदीहरूमा हालको जलसतह सामान्य अवस्थामा छ र आगामी तीन दिन कुनै बाढीको सम्भावना छैन ।’

सोमबार मात्र रामेछापको मन्थलीस्थित रणजोर खोलाले कक्षा ११ को परीक्षा दिन जाँदै गर्दा विद्यार्थी उष्मा फुँयाललाई बगाएको थियो। त्यसैगरी, म्याग्दीकोे अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा भीषण वर्षापछि आएको बाढीले दुईवटा घर पुरेको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार