Thursday, October 24, 2024

४० आरोही सगरमाथा शिखरमा

काठमाडौँ– सोमबार एकैपटक ४० आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् ।
यस वर्षको आरोहण शुरु भएको आज दोस्रो दिन एकैपटक ४० आरोही विश्वकै सर्वोच्च शिखरमा पुगेका हुन् ।
सगरमाथा आधार शिविरमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार स्वदेशी तथा विदेशी नागरिकले आरोहण सम्पन्न गरेका छन् ।
‘हामीलाई प्राप्त जानकारीअनुसार ४० आरोहीले सर्वोच्च शिखरको आरोहण गरेको पुष्टि भएको छ, थप केही आरोही पनि शिखरमा पुगेको सूचना आए पनि पुष्टि भइसकेको छैन’, श्रेष्ठले भने ।
अनुकूल मौसमको पर्खाइमा क्याम्प चारमा मात्रै १५० आरोही रहेका छन् । त्यस्तै केही आरोही भने सगरमाथा आधार शिविरमा नै रहेका छन् ।
सम्पर्क अधिकृत श्रेष्ठका अनुसार यस ऋतुमा नेपाली महिला आरोही निमा जाङ्मु शेर्पाले सगरमाथा र ल्होत्सेको आरोहण गरेर कीर्तिमान कायम गरेका छन् । यस वर्ष चार नेपालीसहित ३८ आरोहण दलका ३६४ आरोही गन्तब्यतर्फ लागेका छन् । यसमध्ये चार समूहमा २० जना नेपाली छन् ।
अघिल्लो वर्ष ४३ वटा समूहका ३६६ स्वदेशी तथा विदेशी आरोहीले सगरमाथाको सफल आरोहण गरेका थिए । सन् २०१६ मा ३८ वटा समूहका ३०० भन्दाबढी आरोहीले सगरमाथाको चुचुरो चुमेका थिए । रासस

ताजा समाचार

सम्बन्धित समाचार