Thursday, October 24, 2024

भारतमा तिव्र हावाहुरीका कारण कम्तीमा ३९ जनाको मृत्यु

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीसहित विभिन्न राज्यमा चलेको तिव्र हावहुरीका कारण कम्तीमा ३९ जनाको मृत्यु भएको पुष्टी भएको छ ।
भारतिय संचारमाध्यमहरुका अनुसार उत्तर प्रदेशमा सबैभन्दा वढी १६ जनाको मृत्यु भएको छ भने पश्चिम वंगालमा ९ र दिल्लीमा २ जनाको मृत्यु भएको पुष्टी भएको छ । अन्य प्रदेशहरुमा पनि मृत्यु भएको खबर प्राप्त भएको छ ।

दिल्ली तथा आसपासका क्षेत्रहरुमा प्रतिघन्टा १०९ किलोमिटरको रफ्तारमा हावा चलेको थियो जसले गर्दा विजुलीका खम्बाहरु लड्नुका साथै केही स्थानमा विद्युत आपुर्ती समेत बन्द भएको थियो । तिव्र हावाहुरीका कारण रेल तथा मेट्रो सेवा बन्द भएको थियो जसका कारण सयौ विमानहरु डाइभर्ट गरिएको थियो । त्यसैगरी इन्दिरा गान्धी विमानस्थल समेत केही घन्टा बन्द गरिएको थियो । भारतिय संचारमाध्यमहरुका अनुसार मृत्यु हुनेहरुको संख्या झन बढ्नसक्छ ।

ताजा समाचार

सम्बन्धित समाचार