Wednesday, October 23, 2024

मोदीसँग चार हवाई रूट थप्ने सहमति : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले चारवटा हवाई रूट थप्न नेपाल र भारतको विचमा सहमति भएको जानकारी दिएका छन् ।

आइतबार संघीय संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा (वैशाख २८–२९) मा हवाई रूट थप्न सहमति भएको बताएको हुन् ।

हाल नेपाल प्रवेश गर्ने एक वटामात्रै हवाई रुट रहेकोमा दुबै देशका प्रमको तहमा थप चार रुट लिनको लागि प्राविधिक तहको अध्ययन गर्न निर्देशन भएको जानकारी दिए ।

नेपालमा एउटा मात्र हवाई रुट सिमराको हो । अब भैरहवा, विराटनगरबाट पनि रुटहरु चाहिएको उल्लेख गर्दै ओलीले भने, ‘सेप्टेम्बर भित्र अध्ययनको काम सम्पन्न गर्ने भनेका छौं ।’

यसैगरी, प्रधानमन्त्री ओलीले मुलुकको तराईमा डुबानको समस्या समाधानका लागि मोदीसँग गम्भीरताका साथ कुरा उठाएको पनि संसदलाई जानकारी गराए ।

भारतीय पक्षले सीमामा सडक बनाउने नाममा बाँध बाँध्दा डुवान भएको उल्लेख गर्दै ओलीले भने, ‘यो छिमेकी सम्बन्ध असुहाउँदो र अन्यायपूर्ण काम भएको छ। यसबारे मैले अघिल्ला भ्रमणहरुमा पनि कुरा उठाएको थिएँ र यो पटक धेरै गम्भीरताका साथ कुरा उठाए ।’

प्रम ओलीले भारतले सीमानामा आफ्नो जमिनको बचाउन हाम्रो जमिन, बस्ती, खेती डुवानमा पार्नु बान्छनिय नहुने बताए । ‘कार्यदल बनाएर समस्याग्रस्त क्षेत्रको अवलोकन गर्ने र कहाँकहाँ कलभर्ट बनाउन सकिन्छ, प्राकृतिक रुपमा नै पानी पठाउन सकिन्छ गर्ने भनिएको छ,’ संसदमा उनले भने ।

ताजा समाचार

सम्बन्धित समाचार