Friday, September 20, 2024

मध्यपूर्वी चीन बाढीबाट प्रभावित, १४० को मृत्यु

काठमाडौ, साउन २ (हाकाहाकी)– मध्य र पूर्वी चीनको बस्ती बाढी र डुबानले प्रभावित भएको छ ।

छ दशक यताकै भारी वर्षा कारण मध्य र पूर्वी चीनको बस्ती बाढी र डुबानले प्रभावित भएको हो ।

भारी बर्षाका कारण अहिले सम्म १ सय ४० जनाको मृत्यु भएको र केही हराइरहेको समाचार संस्था सिन्ह्वाले जनाएको छ । खबरमा दसौं लाख मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ । कतिपय पक्की घरहरु पनि भत्किएका उल्लेख छ ।

बाढीले चीनका नौ वटा प्रान्त प्रभावित भएको समाचार संस्था सिन्ह्वाले जनाक्उो छ। अझै पाँच दिनसम्म भारी वर्षा हुने चीनका मौसमविदहरुले पूर्वानुमान गरेका छन् ।

चिनियाँ अधिकारीहरुले देशका ३३ वटा नदीहरुमा उच्च बहाव भएको जानकारी दिएका छन् । चीनको ताजा पानीको सबैभन्दा ठूलो तलाउ भनेर चिनिने पोयाङ्गको धेरै ठाउँका बाँधहरु भत्किएका छन् । त्यहाँ सैनिक परिचालन गरी अस्थायी बाँध मर्मत गरिएको खबरमा उल्लेख छ।

बाढी र डुबानबाट प्रभावित भएकाहरुलाई उद्धार तथा राहत पु¥याउन सुरक्षाकर्मीहरुलाई परिचालन गरिएको चिनियाँ अधिकारीहरुले जानकारी दिएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार