Wednesday, October 23, 2024

प्रदूषण बढाउने इँटा उद्योगप्रति कडा कदम चाल्दै स्थानीय सरकार

काठमाडौं – मापदण्ड नमान्ने तथा अन्य सामाजिक पक्षहरुलाई ख्याल नगर्ने इँटा उद्योग विरुद्ध स्थानीय सरकारहरुले धमाधम कडा नीति लिन थालेका छन् ।

स्थानीय सरकारले कडा नीति लिन थालेपछि इँटा उद्योगीहरुले भने सञ्चालनमा रहेका इँटा उद्योगलाई हटाउनुको साटो मापदण्ड भित्र राखेर सञ्चालन गर्न दिनुपर्ने माग गरेका छन् । भक्तपुरको चाँगुनारायण र काभ्रेको नमोबुद्ध नगरपालिकाले वातावरणीय प्रभाव नमान्ने केही उद्योगलाई कारवाहीको तयारी गरेपछि इँटा उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल इँटा उद्योग महासंघले त्यसको विरोध गरेको छ ।

एभरेष्ट कन्सल्टेन्सी एण्ड रिसर्च सेन्टर (इसिआरसि) ले नेपालमा संचालित इँटा उद्योगहरुको वातस्तविक वर्तमान अवस्था , प्रविधी , सामाजिक,आर्थिक तथा वातावरणीय प्रभाव र भावी दिशा–निर्देश विषय अन्र्तक्रियामा उनीहरुले सो धारणा व्यक्त गरेका हुन् ।

‘उद्योग हटाउनुभन्दा पनि मापदण्डमा अटाउनुपर्छ,’ महासंघका अध्यक्ष महेन्द्र चित्रकारले भने’,‘लगानीको फाइदा उठाउन पाउनुपर्छ ।’ केही उद्योगहरु वातावरण अनुकुल नबनेको र अन्य सामाजिक पक्षलाई पनि ध्यान नदिएको भन्दै केही उद्योगलाई स्थानीय सरकारहरुले कारबाही शुरु गरेका छन् ।

कार्यक्रममा नेपालमा कार्यरत प्रमुख सरोकारवाला सरकारी तथा गैर सरकारी संघसंस्था,बेटर ब्रिक नेपाल,चाइना इर्नजी कन्जुम्सन एण्ड इन्भाइरोमेन्टल प्रोटेक्सन ग्रुपका प्रतिनिधीहरुको सहभागिता थियो । त्यसैगरी नेपाल इँटा उद्योग महासंघ,नेपाल उद्योग वाणिज्य महासंघ,नेपाल चेम्बर अफ कमर्स,उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय,वन तथा वातावरण मन्त्रालय, वातावरण विभाग,काठमान्डौ, ललितपुर, भक्तपुरका केही नगरपालिकाका प्रतिनिधी,इँटा उद्योगी सहभागी थिए ।

ताजा समाचार

सम्बन्धित समाचार