Thursday, October 24, 2024

घाइते मृग सहित तीन जना पक्राउ

काठमाडौं – घाइते मृग सहित प्रहरीले मकवानपुरमा तीन जनालाई पक्राउ गरेको छ ।

हेटौंडा उपमहानगरपालिका १९ नेवारपानीमा सवारी साधन जाँच गर्ने क्रममा मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना.२ ह १३१५ नम्बरको अटो गाडीमा घाइते अवस्थामा रहेको मृग ल्याउदै गरेको अवस्थामा प्रहरीले तीन जनालाई पक्राउ गरेको बताएको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका १९ बस्थीपुर बस्ने २५ वर्षीय सरोज ताम्राकार लगायत ३ जना रहेका छन् । उक्त मृग बिहीबार नै जिल्ला बन कार्यालयलाई बुझाइएको प्रहरीले जनाएको छ ।

सालकको सपेटा सहित पक्राउ

काठमाडौं– सालकको खपेटा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । संखुवासभा– मकालु गाउँपालिका ५ नुमबाट भोटखोला गाउँपालिका २ बस्ने ३८ वर्षीय जिप्पा तेन्जिङ भोटेलाई झोलामा लुकाई ल्याएको करीव १.५ केजी सालकको खपेटासहित बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

ताजा समाचार

सम्बन्धित समाचार