Wednesday, October 23, 2024

जलस्रोत र उर्जामा सहकार्य वढाउने सहमति

काठमाडौं । नेपाल र भारत जलस्रोत र उर्जा क्षेत्रमा दुईपक्षिय सहकार्य अझ विस्तार गर्न सहमत भएका छन् ।
प्रधानमन्त्री केपी ओली र भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको विचमा भएको दुईपक्षिय भेटघाटमा सो सहमति भएको हो । दुई दिने राजकिय भ्रमण सम्पन्न गरेर मोदी शनिबार भारत फर्किसकेका छन् । मोदीको भ्रमणपछि १६ वुँदे संयुक्त वक्तव्य जारी गरिएको छ । सो वक्तव्यको आठौ वँुदामा दुई देशको विचमा जलस्रोतमा सहकार्य अझ वढाउन दुवै प्रधानमन्त्रीले पुन जोड दिएको उल्लेख गरिएको छ भने नवौ वुँदामा उर्जाको सहकार्यको विषयमा उल्लेख गरिएको छ ।
‘दुवै देशका प्रधानमन्त्रीले आपसी लाभका लागि जलस्रोतको क्षेत्रमा सहकार्यलाई विस्तारको महत्वमा पुन जोड दिएका छन् । विशेषत नदी सम्वन्धी तालिम, डुवान तथा वाढीको व्यवस्थापन, सिंचाई र अहिले चालु दुईपक्षिय परियोजनाहरुको गति वढाउने सहमति भएको छ,’ संयुक्त वक्तव्यमा भनिएको छ .
त्यसैगरी डुवान र वाढीको समस्या समाधानको लागि दीर्घकालिन कदमहरु चाल्ने सम्वन्धमा समेत दुई प्रधानमन्त्री सहमत भएको विज्ञप्तिमा उल्लेख छ । त्यसैगरी उर्जा क्षेत्रमा सहकार्य वढाउने सम्वन्धमा पनि विस्तृतमा छलफल भएको थियो । दुवै प्रधानमन्त्रीले संयुक्त रुपमा अरुण तेस्रो जलविद्युत परियोजनाको शिलन्यास गरेका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार