Wednesday, October 23, 2024

गर्मी बढ्यो

काठमाडौं उपत्यकासहित देशभर गर्मी बढेको छ। जल तथा मौसम विज्ञान विभागले दिएको पछिल्लो जानकारी अनुसार देशैभरी गर्मी बढेको हो।

विभागका अनुसार नेपालगन्जमा मंगलबार यस वर्षकै गर्मी भएको थियो। मंगलबार नेपालगन्जको तापक्रम ३९.१ डिग्री सेल्सियस पुगेको छ।

विभागका अनुसार भैरहवाको तापक्रम ३८.६ डिग्री सेल्सियस पुगेको छ। धनगढीमा पनि तापक्रम बढ्दै गएको छ। त्यहाँ ३८.६ डिग्री सेल्सियस पुगेको छ। यसैगरी दाङमा ३६.५ डिग्री सेल्सियस, सिमरामा ३७ डिग्री सेल्सियस , वीरेन्द्रनगरमा ३५ डिग्री सेल्सियस तापक्रम रहेको विभागले जनाएको छ।

यता काठमाडौंको तापक्रम भने ३० डिग्री सेल्सियस छ। विभागका अनुसार जुम्लामा सबैभन्दा कम तापक्रम रहेको छ।

यसैबीच, काठमाडौं उपत्यकासहित देशका धेरै ठाँउमा बुधबार साँझपख पानी पर्ने संभावना रहेको विभागले जनाएको छ।

पश्चिमी वायूको प्रभावका कारण साँझपख देशका धेरै ठाउँमा मौसम बद्ली भई हावाहूरीसहित पानी पर्ने अनुमान गरिएको विभागले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार