Wednesday, October 23, 2024

ग्लोबल युथ भिडियो प्रतिस्पर्धाका लागि आवेदन खुला

काठमाडौं – जलवायु परिवर्तनको असर कम गर्न युवाहरूले गरेका प्रयासलाई उजागर गर्ने उद्देश्यले ग्लोबल युथ भिडियो प्रतिपस्र्धाको चौथो संस्करणको लागि आवेदन खुला भएको छ।

विगत चार वर्षदेखि निरन्तर भइरहेको उक्त प्रतिस्पर्धामा संसारभरका युवाहरूले भाग लिन पाउने जनाइएको छ।
सो प्रतिस्पर्धामा भाग लिनको लागि आगामी अगष्ट ३१ तरिखसम्ममा निवेदन पेश गर्नुपर्ने छ। प्रतिस्पर्धाबाट दुई जना विजेता चुनिने छन्। जसले यही वर्ष पोल्याण्डमा हुने जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा भाग लिन पाउने छन्।

साथै, सो भिडियोलाई सो सम्मेलनमा प्रदर्शन गरिने छ। र, विजेताले संयुक्त राष्ट्रसंघको विभिन्न गतिविधिमा भाग लिन पाउने छन्।

१८ वर्षदेखि ३० वर्षसम्मा युवाहरूले सो सम्मेलनमा भाग लिन पाउने छन्। प्रतिपस्र्धामा सहभागी हुन चाहनेले बढीमा ३ मिनेट लामो भिडियो पठाउनुपर्ने छ।

विस्तृत जानकारीको लागि यो लिंकमा जानुहोला।
https://unfccc.int/news/2018-global-youth-video-competition-open-for-applications

ताजा समाचार

सम्बन्धित समाचार