बाघको छाला र मासु सहित दुई जना पक्राउ

काठमाडौं – घरमा लुकाएर राखेको माघको छाला र चार किलो मासु सहित प्रहरीले मंगलबार दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–१२ पिपलटार २० वर्षीय नारायण दनुवार र २६ वर्षीय लक्ष्मण दनुवार रहेका छन् ।

माघ मार्ने ५५ वर्षीय भाईचा दनुवार भने फरार रहेको प्रहरीले बताएको छ । भाइचा दनुवारले बाघ मारेको भन्ने खबर पाएपछि प्रहरी चौकी भिमटार र ईलाका वन कार्यालय नवलपुरबाट खटीएको टोलीले घरको खानतलासी गर्दा उक्त छाला र मासु बरामद गरी उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

फरार भाइचा दनुवार खोजी भैरहेको प्रहरीले जनाएको छ । साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।