Thursday, September 19, 2024

त्रिशुली नदी दोहन : एस्काभेटरको प्रयोग रोकियो, रोकिएन बालुवा उत्खनन् (फोटो/भिडियो)


नुवाकोट
– तीव्र आलोचना पछि त्रिशुली नदीमा बालुवालगायतका नदीजन्य पदार्थ उत्खनन्मा एक्साभेटरको प्रयोग रोकिएपनि अनियन्त्रित रुपमा बालुवा निकाल्ने कार्य भने जारी छ।

विभिन्न सरकारी आयोजनाका लागि भन्दै त्रिशुलीबाट बालुवा निकाल्ने कार्य भइरहेको छ। नदीको धार नै परिवर्तन हुने गरी नुवाकोट तथा धादिङका विभिन्न स्थानमा हाते औजारको प्रयोग गर्दै बालुवा उत्खनन् भइरहेको छ।

नुवाकोटको बेलकोटगढी नगरपालिकामा सडक विभागले क्रसर नै सञ्चालन गरेर त्रिशुलीबाट बालुवा निकालिरहेको छ। नुवाकोट र धादिङको सीमाना कोल्पुखोला क्षेत्रमा स्थानीय तहको स्वीकृतिमै बालुवा उत्खनन् भइरहेको छ।

पहिलेको तुलनामा हाल नदीजन्य पदार्थको अवैध उत्खनन्मा कमी आए पनि ठ्याक्कै रोक्न भने नसकिएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल बताउँछन्।

देशमा संघीयता लागू भएसँगै नदीजन्य पदार्थको उत्खनन्बारे सम्पूर्ण अधिकार स्थानीय तहसँग भएकाले नगर तथा गाउँपालिकाले यसको निगरानी गरिरहेको उनको भनाई छ।

हाकाहाकीसँग कुरा गर्दै उनले जिल्ला समन्वय समितिको संयोजकत्वमा नदीजन्य पदार्थको उत्खनन् ओसारपसार लगायतका विषयमा छानविन भइरहेकाले जथाभावी बालुवा निकाल्नेलाई कारवाही हुने बताए।

ताजा समाचार

सम्बन्धित समाचार