Wednesday, October 23, 2024

तरकारी टिप्न चक्रपथको सडकमा गृहिणीहरू

काठमाडौं–झट्ट हेर्दा यो कुनै तरकारीबारी जस्तै देखिन्छ । सानो चटक्क परेको लाम्चिलो खाले जग्गा, जहाँ सागपात भेटिन्छ ।
साँझपख भएपछि केही गृहणीहरु तरकारीको छाक टार्न यही पुग्छन्, यो दृश्य हो–चक्रपथ सडक किनाराको । ललितपुर एकान्तकुनामा पर्ने यो सडक छेउमा रहेको बारी जस्तै देखिने स्थान । जहाँ लट्टेको साग पाइन्छ । सडक छेउमा उम्रिएको लट्टेको सागमा मोहित भएका छन्, उनीहरु । जसले महङ्गो मूल्यमा तरकारी किन्नुपर्ने बाध्यताको विकल्प बनेको छ ।
‘साग टिप्न दिन बिराएर साँझपख आउँछौं,बारा घर भइ एकान्तकुनामाबस्दै आएकी रमीता मगरले भनिन्, ‘लट्टेको साग मीठो पनि हुन्छ ।’

रमीता जस्तै धादिङकी रमा केसी पनि लट्टेको साग टिप्न व्यस्त थिइन् । ‘यो साग हाम्रो गाउँघरमा पाइन्छ,’ उनले भनिन्, ‘यहाँ बाटोको छेउमा पनि पाइँदो रैछ । ’ उनीहरुसँग अरु २–३ जना महिला पनि साग टिप्न आइरहेका थिए । बजारमा लट्टे प्रति किलो ३५ रुपैयाँमा बिक्री हुन्छ ।
तस्वीर : नवीन लुईटेल 

ताजा समाचार

सम्बन्धित समाचार