Wednesday, October 23, 2024

भारतको हावाहुरीको प्रभाव नेपालमा पर्दैन

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले उत्तरी भारतमा आएको हावाहुरीको प्रभाव नेपालमा नपर्ने स्पष्ट पारेको छ । भारतमा आइरहेको हावाहुरीले त्यहाँका विभिन्न राज्यमा असर गरिरहदा नेपालमा भने कुनै असर नगर्ने विभागले जनाएको हो । काठमान्डौँ उपत्यकासहित केही पश्चिम पहाडी भेगमा सामान्य वदली भई छिटपुट वर्षा हुने संभावना रहेको विभागका मौसमविद् वरुण पौडेलले बताए। भारतमा आइरहेको आँधीको प्रभाव यहाँसम्म आइपुग्दैन’, उनले भने, ‘बरु यहाँ पश्चिमी वायुको प्रभावले गर्दा साँझपख मेघगर्जन सहित छिटपुट पानी पर्ने संभावना छ । मंगलबार भन्दा बुधबार साँझ काठमान्डौँमा पानी पर्ने सभावना छ,’  उनले भने ।

भारतको मौसम पुर्वानुमान शाखाले  मंगलबार अपरान्ह र साँझपख चट्र्याङ , मेघ गर्जन र तीव्र गतिको हावाहुरी आउने अनुमान गरेको छ । सोमबार पनि यस्तै प्रकृतिको हावाहूरी आएको थियो । हिमाञ्चल प्रदेश र उत्तराखण्ड , जम्बु काश्मीर , हरयाणा , चण्ढीगढ , दिल्ली र पश्चिमी उत्तर प्रदेशमा आउने संभावना अधिक देखीएको त्यहाँको मौसम पुवानुमान शाखाले जनाएको छ । पन्जाव , पुर्वी उत्तर प्रदेश र पुर्वी राजस्थानमा पनि हावा चल्ने अनुमान गरिएको छ । आँधीका कारण धेरै सम्पत्तीमा क्षती पुगेको थियो । केही दिन अघि यस्तै प्रकृतिको हावाहुरीबाट भारतका विभिन्न राज्यमा करिब १ सय जनाको ज्यान गएको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार