Wednesday, October 23, 2024

वन तथा वातावरण मन्त्रालयमा कम्तिमा चार विभाग

काठमाडौं– वन तथा वातावरण मन्त्रालय अन्तर्गत अब कम्तिमा ४ वटा विभाग रहने भएका छन् । मन्त्रालय मातहतमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, वन तथा भू–संरक्षण विभाग र वातावरण विभाग गरी तीनवटा विभागको टुङ्गो लागिसकेको छ । थप एक या दुई विभाग हुने टुङ्गो लाग्न बाँकी रहेको मन्त्रालयका प्रवक्ता धनन्जय पौडेलले जानकारी दिए। उनका अनुसार वनस्पती या वन अनुसन्धान तथा सर्वेक्षण विभागको टुंगो लाग्न बाँकी छ ।

वनस्पती विभाग र वन अनुसन्धान विभागको काम एउटै प्रकृतिका भएकाले एउटै विभाग बनाउने या दुईवटा छुट्टाछुट्टै बनाउने भन्ने बारे छलफल भइरहेको उनले बताए । ‘वनस्पती र वन सर्वेक्षण तथा अनुसन्धान विभागलाई गाभेर एउटै विभागमा राख्ने कि फरक–फरक विभागमा राख्ने भन्ने टुङ्गो लागेको छैन,’ उनले भने, ‘यस विषयमा छलफल भइरहेको छ, छलफलबाट टुङ्गो लागेपछि वन तथा वातावरण मन्त्रालय ४ या ५ विभागसहितको बन्नेछ ।’

मन्त्रालय र विभागले तयार गरेको नयाँ संरचना सामान्य प्रशासन मन्त्रालयबाट स्वीकृत भएर लागूसमेत भइसकेको छ ।
नयाँ संरचना अनुसार मन्त्रालयमा ६ वटा महाशाखा हुनेछन् । अहिले भएका नौवटा महाशाखालाई गाभेर ६ वटामा झारिएको छ । योजना, अनुगमन तथा समन्वय महाशाखा, सहभागितामूलक वन महाशाखा, जलवायु परिवर्तन महाशाखा, वन तथा जलाधार महाशाखा, वातावरण तथा जैविक विविधता महाशाखा र प्रशासन महाशाखा रहेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार