Wednesday, October 23, 2024

पर्यटन शुल्कमा एकद्वार प्रणाली लागू गर्न प्रदेश सरकारलाई सुझाव

काठमाडौं –स्थानीय सरकारले विदेशी पर्यटकसँग मनपरी शुल्क नउठाउन सरोकारवालाले सुझाव दिएका छन् ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय प्रदेश नम्बर ३ सरकार र नेपाल पर्यटन बोर्डको सयुंक्त आयोजनामा सोमबार काठमाडौंमा आयोजित ‘प्रदेश नम्बर ३ को पर्यटन प्रवद्र्धन र विकासको लागि सरोकारवालासँँग अन्तक्र्रिया‘ कार्यक्रममा सरोकारवालाले उक्त सुझाव दिएका हुन् ।’
नेपाल पर्यटन बोर्डका सदस्य दीपक महतले पर्यटकसँग मनपरी शुल्क उठाउने काम भैरहेको भन्दै त्यस्तो काम प्रदेश नम्बर ३ मा नगर्न आग्रह गरे । ‘स्थानीय सरकारले पर्यटकसँग मनपरी शुल्क उठाउने काम गरिरहेका छन्,’ महतले भने, ‘पर्यटकलाई शुल्कको भारी बोकाउने काम प्रदेश नम्बर ३ मा नहोस् ।’

उनले प्रदेश नम्बर ३ मा प्रशस्त पर्यटनको सम्भावना रहेको बताए । ‘दुई राष्ट्रिय निकुञ्ज यही छन्, जल यात्राको केन्द्र त्रिशुली छ’,उनले भने, ‘पर्यटक आउने सम्भावना धेरै छ । यहाँ घरेलु एयरपोर्ट बनाउन सकिन्छ ।’प्रदेशसभा सदस्य कृष्णप्रसाद कुर्नेलले पर्यटकहरु ग्रामीण स्तरसम्म पुग्न नसके पर्यटन विकास फेल हुने बताए ।

नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका उपाध्यक्ष कृष्णहरि खत्रीले एकद्वार प्रणालीबाट मात्र पर्यटकसँग कर उठाउन प्रदेश नम्बर ३ का वातावरण मन्त्रीसँग आग्रह गरे । ‘संघीयताको मर्म विपरीत गएर पर्यटकसँग केन्द्र, प्रदेश र स्थानीय सरकारले कर उठाउने काम बन्द हुनुपर्छ,’ उनले भने, ‘प्रदेश नम्बर ३ ले त्यो काम गर्ने हुँदैन ।’नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक काशीराम भण्डारीले सन् २०१८ को तीन महिनामा २ लाख ८७ हजार ३८० पर्यटक नेपाल आएको जानकारी दिए । उनले सन् २०१७ मा ९ लाख ४० हजार २१८ पर्यटकले नेपाल भ्रमण गरेका थिए । गत वर्षको तुलनामा सन् २०१८ मा को तीन महिनामा १३ प्रतिशतले नेपालमा पर्यटकको बृद्धी भएको जानकारी गराए ।
उनका अनुसार नेपालमा ८० प्रतिशत पर्यटक हवाई मार्गको प्रयोग गरेर नेपाल आउँछन भने २० प्रतिशतले मोटरबाटोको प्रयोग गर्छन् । प्रदेश नम्बर ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुणप्रसाद नेपालले पर्यटन विकासको सुरुवात गरिएको बताए ।
सुझावलाई नीति तथा बजेटमा समावेश गर्नृे उल्लेख गर्दै मन्त्री नेपालले पर्यटन विकासमा योगदान पुग्ने गरी नीति बनाइने बताए । उनले प्रदेश नंं ३ मा पर्यटन विश्वविद्यालयको स्थापन गर्ने सोचमा रहेको उनले जानकारी दिए । ‘प्रकृतिको प्रचुर सम्भावना रहेको प्रदेश ३ मा पर्यटन विश्वविद्यालको स्थापना गर्ने सोचमा छौं,’ उनले भने, ‘जहाँ विश्वभरका विद्यार्थी यहाँ पढ्न आउन सकुन् ।’
उनले कानुन नीति कार्ययोजना नभएकाले अब पर्यटन विकासका नीति तथा कानुन कस्तो बनाउने ? प्रदेश नम्बर ३ लाई पर्यटनमैत्री कसरी बनाउने भन्ने विषयमा सुझाव दिन सबैलाई आग्रह गरेका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार