Wednesday, October 23, 2024

खानेपानी आयोजनाका लागि प्रादेशिक राजधानीमा अध्ययन हुँदै : मन्त्री मगर

काठमाडौं– खानेपानी मन्त्री बिना मगरले जनतालाई स्वच्छ खानेपानीको सहज सुविधा पुर्याउन सरकारले योजना बनाइरहेको बताएकी छन्।

‘७ वटै प्रादेशिक राजधानी तथा तराईमा ठूला ८ वटा खानेपानी आयोजना सञ्चालनका लागि अध्ययन भइरहेको छ,’ आफूलाई मन्त्रालयमा भेट्न आएकी नेपालका लागि अमेरिकी राजदूत अलइना बी टेप्लिट्जसँग मन्त्री मगरले भनिन्।
भेटमा उनले पहाडी र हिमाली क्षेत्रका लागि राष्ट्रिय प्राथमिकताका योजना सञ्चालनका लागि पनि अध्ययन भइरहेको बताएको मन्त्री मगरका प्रेस संयोजक जी भट्टले जानकारी दिए।

भेटवार्तामा राजदूत टेप्लिट्जले खानेपानीको पूर्वाधार निर्माणमा सहयोग गर्न पहल गर्ने बताएकी थिइन्। खानेपानी र सरसफाईको आधारभूत कुरामा प्रगति गर्न नसकिए अन्य प्रगति गर्न नसकिने बताएकी राजदूतले अमेरिकन सरकार सहयोग र सहकार्य गर्न प्रतिवद्ध रहेको प्रतिवद्धता जनएको मन्त्री मगरका प्रेस संयोजक भट्टले बताए।

‘नेपालमा अहिले सरकार र व्यवस्था परिवर्तन भएको छ, त्यही अनुसार हामी सहयोग र कार्यक्रम पुनरावलोकन गर्छाै,’ मन्त्री मगरले भनिन्, ‘सरकारका प्राथमिकता पूरा गर्दै जनताको सेवा गर्न चाहन्छौं।’

मन्त्री मगरले सरसफाईलाई राष्ट्रिय अभियानका रुपमा सञ्चालन गर्ने गरी योजना बनिरहेको र खुलादिसामुक्त जिल्ला घोषणा अभियान अन्तिम चरणमा पुगेको पनि बताएकी थिइन्र। उनका अनुसार आगामी असारभित्र शत्प्रतिशत प्रगति हुनेछ।
आगामी मे २८ मा अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसलाई नेपालमा पनि सचेतना अभियानका रुपमा मनाउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार