सरकार र व्यवसायीबीच सिन्डिकेट खारेज गर्न चारबुँदे सहमति

काठमाडौं– यातायात व्यवसायी कम्पनीमा जान राजी भएपछि सरकारसँग चारबुँदे सहमति भएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवसायीबीच आइतबार राति भएको वार्तामा सबै प्रकारका सिन्डिकेट खारेज गर्ने, एउटा मात्र सार्वजनिक सवारीसाधन भएको सवारीधनीले पनि सवारी साधन चलाउन पाउने लगायत सहमति भएको हो।

मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारबाट सार्वजनिक यातायात क्षेत्रलाई व्यवस्थित बनाउन थालिएको कदमको स्वागत गर्दै यातायात क्षेत्रको जुनसुकै प्रकारको सिन्डिकेटको स्वरुप अन्त्य÷खारेज गर्ने।’

यातायात व्यवसायी यसअघि यातायात व्यवस्थापन कार्यविधि निर्देशिकाकोे विरोधमा आन्दोलन गर्दै आएका थिए। उनीहरुले गत शुक्रबार देशभरका सार्वजनिक सवारीसाधन ‘ग्यारेजमा थन्क्याएर’ हडताल गरेका थिए ।

यसैगरी, मन्त्रालय र यातायात व्यवसायीबीच यातायात क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन कार्यदल बनाउने, जाँचबुझ आयोग गठनको प्रक्रिया अगाडि बढाउने, यातायात व्यवसायीले गर्दै आएको आन्दोलन फिर्ता लिने सहमति भएको छ।