रोल्पा । रोल्पाको सुकी दह गाउँपालिका–३ ले वडाभित्र रहेका सम्पूर्ण घर हरियो रंगले पोतेर देशकै पहिलो हरित वडा घोषणा गरिएको छ ।
वडाभित्र रहेका ७०० घरधुरीलाई हरियो रंगले पोतेसँगै हरित वडा घोषणा गरिएको वडाध्यक्ष जलेशकुमार केसीले जानकारी दिए । ‘वडालाई पूर्ण सरसफाइ उन्मुख घोषणा गर्नका लागि घरलाई एउटै रंगले पोतेका हौँ”, वडाध्यक्ष केसीले भने, ‘वडा नै हरियो हँुदा देशमै फरक पहिचान दिन सफल भएका छौँ ।’
सो वडा देशकै प्रथम हरित वडा भएको सचिव कमलराज वलीले दाबी गरे । ‘वडा कार्यालयको नेतृत्वमा वडावासीको स्वतःस्फूर्त सहभागितामा अभियान थालिएको हो,’ वलीले भने । पूर्ण सरसफाइको प्रारम्भिक खुड्किलो पार गरे पनि यसलाई दिगो बनाउन अझै धेरै काम गर्न बाँकी रहेको उनले वताए । रासस
रोल्पामा घोषणा भयो देशकै पहिलो हरित वडा
