Wednesday, October 23, 2024

वीर अस्पतालमा सरसफाइ अभियान शुरु

काठमाडौं । काठमाडौंको मुटुमा छ वीर अस्पताल । देशभरका विरामी औषधी उपचारको लागि सो अस्पताल आउने गर्छन् ।
विरामी तथा कुरुवाको सधैं गुनासो हुन्छ – अस्पताल परिसरको फोहोर र प्रदुषणले कुरुवालाई पनि विरामी वनाउँछ । यतिसम्म की अस्पतालको शौचालय समेत व्यवस्थित छैन् । देशको पुरानो र सर्वसाधारण जनताको पहुँचमा रहेको वीर अस्पतलालाई सफा वनाउने उदेश्यले एक महिने अभियानको शुरुवात गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्माकुमारी अर्यालले सो अभियानको उद्घाटन गरेकी हुन । उनले भनिन, ‘हामी सबैले आफ्नो सम्पती मानेर सरसफाइ शुरु गर्ने हो भने एक महिनामा सफा वनाउन सकिन्छ,’ अर्यालले भनिन् । अस्पतालका निर्देशक प्रा डा भूपेन्द्र बस्नेतले पछिल्लो समयमा धेरै सुधार गरिएको दावी गरे । सरसफाइका लागि अस्पतालले हरेक दिन १५० भन्दा वढी कर्मचारीहरु खटाउने गरेको छ तर त्यसले अपेक्षित परिणाम दिएको छैन् । सफाइ अभियान चलाउन अन्तर्रा्ष्ट्रिय विमानस्थल र पशुपतिनाथ क्षेत्र सफा गरेको खेम्स क्लिनिङसँग सहकार्य गरीएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार