Wednesday, October 23, 2024

२ वर्षभित्र सगरमाथाको उचाई मापन गरी सार्वजनिक गछौंः मन्त्री खनाल

काठमाडौ । कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले स्वदेशी पुँजी र जनशक्तिबाटै आगामी २ वर्षभित्र सगरमाथाको उचाई मापन गरी सार्वजनिक गर्ने वताएका छन् ।
आइतवार आफ्ना प्राथमिकताहरु सार्वजनिक गदै मन्त्री खनालले सो धारणा व्यक्त गरेका हुन् । यस अगाडी भारतले सगरमाथाको उचाई नाप्ने इच्छा प्रकट गरेको थियो तर सो प्रस्तावलाई नेपालले अस्वीकार गरिसकेको छ । उचाई नाप्नको लागि करिव २५ करोड लाग्ने अनुमान गरिएको छ । ‘सगरमाथाको स्वदेशी पूँजी र जनशक्तिबाटै २ वर्षभित्र बैज्ञानिक उचाई मापन गरी सार्वजनिक गरीने छ ’ मन्त्री खनालले भने ।
नापी विभागले उचाई मापनका लागि यस अगाडी नै प्रक्रिया अगाडी वढाईसकेको छ । १७० बर्षअघि तत्कालीन सर्वे अफ इन्डियाले सगरमाथाको उचाइ मापन गरी ८८४८ मिटर कायम गरेको थियो । त्यसपछि सरकारी तहबाट सगरमाथाको उचाइ मापनका लागि कुनै पहल भएको छैन् । २०७२ बैशाखको विनाशकारी भूकम्पले हिमालहरुको उचाई केही बढेको विभिन्न अध्ययनहरुले देखाएका छन् । सो मापन कार्यका लागि ८० जनाभन्दा वढी जनशक्ति खटिने छन् ।

ताजा समाचार

सम्बन्धित समाचार