Wednesday, October 23, 2024

हावाबाट विजुलीः चरा जोगाउने चुनौती

काठमाडौं । उर्जाको एक प्रमुख स्रोतको रुपमा संसारभरी नै हावाबाट विजुली निकाल्ने प्रविधी फैलिदो छ । सो प्रविधीको प्रयोगले विश्वमा जलवायु परिवर्तनको असरलाई कम गर्ने हुनाले यसको प्रयोग संसारभरी नै वढ्न थालेको छ ।
तर त्यो स्वच्छ इनर्जी उत्पादन गर्ने प्रविधीले चराहरुको गतिविधीलाई असर गरेको भन्दै विश्वभर नै चिन्ता व्यक्त हुन थालेको छ । यो प्रविधी प्रयोग गरेर विजुली उत्पादन गर्दा चरालाई कसरी जोगाउन सकिन्छ भन्ने विषयमा विकसित देशहरुमा अध्ययन शुरु भएपनि विकासन्मुख देशहरुमा भने यस विषयमा पर्याप्त छलफल नभएको वातावरणविद्हरुको भनाई छ ।
हालै गरिएको एक अध्ययन अनुसार अमेरिकामा मात्र ५० हजार भन्दा वढी हावाबाट विजुली उत्पादन गर्ने केन्द्रहरु रहेका छन् । अमेरिकाको कुल उर्जा उत्पादनको ८ प्रतिशत इनर्जी हावाबाट उत्पादन हुने गर्दछ । विज्ञहरुका अनुसार सन् २०३० सम्म यो तथ्याङक २० प्रतिशत पुग्ने अनुमान गरिएको छ ।
अनुसन्धानकर्ताहरुका अनुसार अमेरिकामा हावा उत्पादन गर्न जडित टावर र अन्य पूर्वाधारमा ठोकिएर हरेक वर्ष एक लाख ४० हजारदेखि तीन लाख चराहरु मर्ने गर्दछन् । विशेषत रातको समय चराहरुहरुका लागि वढी खत्तरा मानिन्छ । त्यसमध्ये पनि साना चराहरु वढी खत्तरामा रहेको अध्ययनले देखाएको छ ।
यतिवेला हावाबाट विजुली उत्पादन गर्ने प्रविधीहरुलाई कसरी चरामैत्री वनाउने भन्ने विषयमा अध्ययन भईरहेको छ । पछिल्लो समयमा हावाबाट विजुली उत्पादन गर्ने चरालाई वढी असर गर्ने ब्लेडहरुलाई हटाएर त्यसको ठाउँमा अर्काे प्रविधी राख्ने गृहकार्य शुरु गरेका छन् । सकेसम्म क्षतिलाई न्युन पार्ने प्रविधीहरुको विकासमा अध्ययन केन्द्रित गर्न थालिएको छ । नेपालमा पनि यस विषयलाई समयमा नै ध्यान दिनुपर्ने वातावरणविदहरुको भनाई छ ।

ताजा समाचार

सम्बन्धित समाचार