Wednesday, October 23, 2024

भारतीय प्रधानमन्त्रीको भ्रमणलाई लक्षित गर्दै सरसफाइ तीव्र

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई मध्यनजर गर्दै काठमाडौँ महानगरपालिकाले सरसफाइलाई तीव्र बनाएको छ ।
कामपाका सूचना अधिकारी वसन्त आचार्यकाअनुसार अहिले सडक छेउको पेटीमा रङरोगन र सडक आसपासको धुलो सफा गर्ने काम भइरहेको छ । छिमेकी मुलुकका प्रधानमन्त्रीको स्वागतका लागि सडकदेखि पूर्वाधार टल्काउने काम भइरहेको छ ।
“कामपाले विभिन्न संस्थाले विज्ञापन गर्ने उद्देश्यले सडक पेटी र बिजुलीको पोलमा टाँसेका पोस्टर पम्प्लेट, व्यानर, भित्तेलेखनलाई पनि निकालेर शहरलाई सफा बनाउने छ”–आचार्यले भने ।
कामपाले शहरी सौन्दर्यमा असर पर्नेगरी विभिन्न प्रचार सामग्री टाँस्ने र भित्तेलेखन गरेको पाइएमा तत्काल नियन्त्रणमा लिई कारबाही गर्ने भएको छ । नगर प्रहरी परिचालन गरेर पोस्टर टाँस्नेलाई मात्र होइन पोस्टर टाँस्न लगाउने कम्पनीलाई पनि कारबाही गरिने महानगरले जनाएको छ । यसैबीच, कामपाले प्रधानमन्त्री मोदीलाई नागरिक अभिनन्दन पनि गर्ने तयारी गरेको छ । रासस

ताजा समाचार

सम्बन्धित समाचार